स्थानीय तहको न्यायिक समितिलाई मेलमिलाप तालिम

स्थानीय तहको न्यायिक समितिलाई मेलमिलाप तालिम

स्थानीय तहको न्यायिक समिति तथा जननिर्वाचित प्रतिनिधीहरुले सामुदायिक मेलमिलाप सम्वन्धी तालिम लिएका छन । द एसिया फाउन्डेशनको आर्थिक सहयोगमा, जिल्ला समुन्वय समितिको समन्वय र प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजनामा तालिम संचालन भएको हो ।
विवाद बिनाको समाज कल्पना गर्न सकिन्छ तर सम्भब भने छैन । गाँउघरमा देखिएका सानातिनाहरु समयमा नै समाधान नहुदाँ समाजमा हत्या आत्माहत्याको घटनाहरु घटिरहेका छन् । यसरी समाजमा घट्ने विवादहरु समाधानका लागी औपचारिक वा अनौपचारिक निकायमा जानेको संख्या पनि न्युन नै छ ।
विवादलाई गुम्स्याएर भित्र भित्र राख्नाले भबिष्यमा झनै ठुलो क्षति ब्याहोर्नु परिरहेको । औपचारिक निकायमा गएर विवाद समाधान गर्दा पनि एक पक्षको जीत र अर्को पक्षको हार हुन जान्छ । यसरीपनि हार्ने पक्षले प्रतिशोधको भाबना मनमा राख्ने भएकाले यस्तो विाद समाधान पनि स्थायी हुनसक्दैन ।
यस्तै कुरालाई मध्यनजर गर्दै नेपाल सरकारले दुबै पक्षको जित जित गराउने हेतुले २०६८ सालमा मेलमिलाप सम्बन्धि ऐन र २०७० सालमा नियमावाली नै ल्याएको छ । सोहि ऐन र नियमावालीको अधिनमा रहि प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले पनि मध्यमाञ्चल क्षेत्रको सिन्धुपाल्चोक सहित ५ वटा जिल्लामा सामुदायिक मेलमिलाप कार्यक्रम संचालन गरिरहेको छ ।
सोही कार्यक्रमको प्रभाबकारीतामा बृद्धिसंगै केहि वस्तीहरुमा अहिले पनि सामुदायिक मेलमिलाप सम्बन्धि सामान्य ज्ञान सहित नभईरहेको अबस्थामा आज पनि मानिसहरु विवाद हुदाँ कि त विवादलाई दवाएर बस्दछन की त पुलिस प्रशासन जाने चलन कायम नै छ । यसरी पुलिस प्रशासन र अड्डा अदालत गएर समाधान गरिएको विवादले विवादको बिषयबस्तुलाई त समाधान गर्ला तर विवादीत पक्षहरुको मन मिलाउने र सम्बन्धमा सुधार ल्याउने काम भने गर्दैन ।
बिज्ञानले मानिसको अंग अंग प्रत्यारोपण गर्दछ छाला काटियो भने टाल्ने काम गर्नको लागी औषधीहरु उत्पादन भएका छन् हड्डी भाचियो भने जोड्ने औषधी बनेका छन तर मानिसको मन फाट्यो मन भौचियो भने अहिलेसम्म मन टाल्ने औषधीहरु बनेका छैनन् । अबको अबस्थामा यदि मन मिलाउनु छ, सिलाउनु छ भने विवादित पक्षलाई संवादको वाताबरण सिर्जना गर्न पर्ने सो संस्थाका राष्टिय श्रोत व्यक्ति नेत्र धितालले वताए ।
मानिसको मन जोड्ने र ज्यान बचाउने अभियानका रुपमा सामुदायिक मेलमिलाप कार्यक्रमलाई संचालन गरिरहेको कुरा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रका कार्यकारी निर्देशक चुपबहादुर थापाले बताए । जिल्लामा हालसम्म ९०० भन्दा बढि विवादहरु लिखित सहमतीका साथ समाधान भईसकेका र यो अभियान अझै पनि जनस्तरसम्म पुग्न नसकेकोले नाटकको माध्यमबाट प्रचार प्रसार गर्नलागिएको कुरा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका सिन्धुपाल्चोकका कार्यक्रम संयोजक उद्धबप्रसाद अधिकारीले बताए ।
सो तालिमको उद्घाटन सिन्धुपाल्चोक जिल्ला समुन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले गरेका थिए ।

Source: http://janatapatra.com/district/1626.php