Recent News / Updates

मेलमिलाप गराउन ११ महिला तयार

मेलमिलाप गराउन ११ महिला तयार

मेलमिलाप गराउन ११ महिला तयार

सुनसरी । सुनसरीमा समुदायमा हुने विवाद स्थानीयस्तरमै मिलाउन ११ जना महिला मेलमिलापकर्ता प्रशिक्षित भएका छन ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले २६ जना व्यक्तिहरूलाई सामुदायिक मेलमिलाप सम्बन्धि आठ दिने तालिम दिएर उत्पादन गरेका मेलमिलापकर्ता मध्ये ११ जना महिला छन् ।

सो संस्थाले सुनसरी जिल्लामा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण प्रकृया अनुरुप प्राकृतिक स्रोतमा हुने द्वन्द्व रुपान्तरण गर्दै आएको छ ।

त्यसरी द्वन्द्व रुपान्तरण गर्दा सहजिकरणका लागि स्थानीयस्तरमा गठित माकुरा समूहमा रहेर द्वन्द्व रुपान्तरणमा भूमिका खेलेका सदस्यहरूलाई सामुदायिक मेलमिलाप तालिम दिइएको सो संस्थाकी राष्ट्रिय स्रोत व्यक्ति कृष्ण कुमारी राईले जानकारी दिइन् ।

तालिम प्राप्त मेलमिलापकर्ताले स्थानीय तहमा सूचिकृत भएर मेलमिलाप गराउन सक्ने तालिमका प्रशिक्षक नेत्र धितालले बताए ।

न्यायिक प्रकृयामा जादा धेरै खर्च लाग्ने र एक पक्षको जीत हुने तर मेलमिलापमा दुवै पक्षको जीत हुने भएकाले यो प्रकृया दीगो शान्तिका लागि प्रभावकारी रहेको धितालको भनाई छ ।

समस्यामा परेका महिलाले आफ्नो समस्या पुरुष मेलमिलाप कर्ताहरूलाई खुलस्त भन्न नसक्ने भएकाले महिला मेलमिलापकर्ता उत्पादन पछि महिलालाई सजिलो हुने राष्ट्रिय स्रोत व्यक्ति कृष्ण कुमारी राईले बताइन् ।

तालिमपछि समूदायमा गरेर तालिममा सिकेको सिप प्रयोग गरेर मेलमिलाप गराउन योगदान पुर्याउने गीता सुवेदीले प्रतिवद्धता व्यक्त गरिन् ।

आठ दिनको तालिम लिएका मेलमिलापकर्ताहरूलाई जिल्ला अदालत सुनसरीका न्यायाधिश पुरुषोत्तम प्रसाद ढकालले प्रमाणपत्र प्रदान गरे ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले संचालन गरेको कार्यक्रममा द्वन्द्व रुपान्तरणमा महिलाको उल्लेख्य सहभागिता र भूमिका रहेको केन्द्रका पूर्व क्षेत्र संयोजक हिम डिसीले बताए ।

उनका अनुसार मेलमिलाप परिषदबाट मेलमिलाप सम्बन्धि सम्पूर्ण गतिविधि संचालन गर्नका लागि स्वीकृति प्राप्त देशभरका पाँच वटा संस्था मध्ये प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र एक हो ।

Source: http://mahilakhabar.com/news/2017/10/16/32984.html